६ महिना भित्रै लुम्बिनीको सम्बृद्धि : रुपन्देही जिल्ला समन्वय समिती अध्यक्ष बिश्वकर्मा

बिन्दु कुमार चौहान
२७ आश्विन २०७६, सोमबार १७:०६

२७ असोज, लुम्बिनी । लुम्बिनी जाऔं बिश्वशान्तिको सन्देश फैलाऔं नारा अघि सारी ५ नंं प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष २०७६ मनाई रहेको बेला रुपन्देही जिल्ला समन्वय समिती अध्यक्ष एकराज बिश्वकर्माले ६ महिना भित्रै लुम्बिनीको सम्बृद्धि शुरु हुने बताएका छन ।

उनले सो कुरा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ बिचौवापुर स्थित अगुवा पार्टी कार्यकर्ता भेला समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।
जिल्ला समन्वय समिती अध्यक्ष बिश्वकर्माले ६ महिना भित्रै गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमान स्थल संचालनमा आउने बित्तिकै बुद्धजन्म स्थल लुम्बिनीको दर्शनका लागि बिदेशी पर्यटकहरुको ओईरो लाग्ने जानकारी गराए ।

उनले लुम्बिनी हेर्न आएका बिदेशी पर्यटक पाहुनाहरुलाई स्थानीय कृषि तथा हस्तकला उत्पादन बढाउनुका साथै परम्परागत कला संस्कृतिको प्रर्दशन मार्फत डलर भित्रयाई लुम्बिनीमा समबृद्धिको शुरुआत गर्नुपर्ने बताए ।

कार्यक्रममा रुपन्देही निर्बाचन क्षेत्र नं. २ ख को बिधायक तुलसी प्रसाद चौधरीले लुम्बिनीमा आएका पर्यटकहरुलाई बढी समय सम्म टिकाउन सके मात्र पर्यटन बिकास सम्भव रहेको हुदा त्यसको लागि नीतिगत योजना तथा कार्यक्रमहरुको खाँचो रहेको प्रष्ट पारे ।

सो आवसरमा नेकपा प्रदेश नं. ५ का सदस्य ईन्साफ मुसलमान ,हजकमिटी सदस्य हजरत बेलाल फकीर , नेकपा नेत्री कल्पना हरिजन , महेन्द्र यादव र युवा नेता निषार अहमद खान लगायतले मक्तब्य ब्यक्त गरेका थिए । समारोहमा ५४ जना महिलापुरुषहरु नेकपाको सदस्यता लिई पार्टी प्रवेश समेत गरेका छन ।