स्याङ्जाको हरिनासमा एक युवकको हत्या

बुलेटिन संवाददाता
२३ आश्विन २०७६, बिहीबार १२:०७

२३ असोज, स्याङ्जा । जिल्लाको हरिनास गाउँपालिकामा गयराती एक युवकको हत्या भएको छ । हरिनास गाउँपालिका–५ वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो ।

हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताए । रानाका अनुसार तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आक्रमण गर्दा आलेको ज्यान गएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली राति नै पुगिसकेको थियो । हत्यामा सम्लग्नमध्ये केही प्रकाउ परेको प्रहरीले जनाएको छ ।