दसैँको दोस्रो दिन : मान्यजनबाट टीका ग्रहण गर्दै

बुलेटिन संवाददाता
२२ आश्विन २०७६, बुधबार ०८:५९

२२ असोज, काठमाडौं । नेपालीहरुको प्रमुख चाड वडादसैंको दोस्रो दिन पनि मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदैछ । विजया दशमीको दिन टीका ग्रहण गर्न नभ्याएकाहरुले आज दोस्रो (एकादशी) दिन आफन्त मान्यजनबाट टिका लगाउने गरीन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तमसाइत मंगलबार बिहान १० बजे ३५ मिनेटका लागि तोके पनि कोजाग्रत पूर्णिमा सम्म टिका ग्रहण गर्ने परम्परा रहेको छ ।

काठमाडौं उपत्यकामा विहानैदेखि सडकमा टीका थाप्न जाने–आउनेको चहलपहल सुरु भइसकेको छ । दसैँको बिदा भएको र काठमाडौंबाहिर दसैं मान्न ठूलो संख्यामा मानिस गएकाले काठमाडौंको सडक भने प्रायः सुनसान देखिएको छ ।