राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री ओलीले ग्रहण गरे टीका जमरा

बुलेटिन संवाददाता
२१ आश्विन २०७६, मंगलवार १५:२७

२१ असोज, काठमाडौं । बडादसैंको दशमीका दिन मान्यजनबाट टीका, जमरा ग्रहण गर्ने क्रम जारी छ ।

यही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका र जमरा ग्रहण गरेका छन् ।मंगलबार राष्ट्रपति कार्यालयमा शीतल निवास पुगेर प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले टीका लगाई दिएकी हुन् ।

यस्तै, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि राष्ट्रपति भण्डारीबाट टीका लगाएका छन् ।

रास्ट्रपति बिद्यादेवि भण्डारी विजया दशमीका दिन मङलबार रास्ट्रपति कार्यालयमा रक्षामन्त्री इश्वर पोखरेललाई टीका लगाईदिदै । तस्वीर : नवीन पौडेल रासस