आज विजया दशमी, टीकाको शुभ साइत १०ः ३५ मिनेटमा

बुलेटिन संवाददाता
२१ आश्विन २०७६, मंगलवार ०७:१८

२१ असोज, काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस्तै अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले नेपाल बाहिर रहेका नेपालीहरुका लागि देश अनुसार कति बजे टीकाको शुभ साइत छ भने सूचना समेत निकालेको छ । सो सूचना अनुसार विदेशमा रहेका आम नेपालीहरुले विजया दशमीको टिका लगाउन सकिने समितिले जनाएको छ ।