उषा मार्वल्सको आधुनिक डिस्प्ले सेन्टर अब मणिग्राममा

बुलेटिन संवाददाता
१६ आश्विन २०७६, बिहीबार १८:०२

१६ असोज, बुटवल । यसक्षेत्रको प्रतिष्ठित प्रतिष्ठान उषा मार्वलले नयाँ प्रकारका सामग्री सहितको अत्याधुनिक डिस्प्ले सोरुम सञ्चालनमा ल्याएको छ । विगत १६ वर्षदेखि टायल, मार्वललगायतका निर्माणजन्य सामग्रीको विक्री वितरण गर्दै आएको उक्त प्रतिष्ठानले मणिग्राममा नयाँ डिस्प्ले सेन्टर सञ्चालनमा ल्याएको हो ।

भारतको सबैभन्दा ठूलो र विश्वको उत्कृष्टमध्येको टायल कम्पनी कजेरीया प्राइमा प्लस नामको कम्पनीका अत्याधुनिक उत्पादनहरुको विक्री वितरण गर्नेगरि सोरुम सञ्चालनमा ल्याइएको सञ्चालक शोभाकान्त पाण्डेयले जानकारी दिए ।

विश्वप्रशिद्ध सो कम्पनीको नेपालका लागि आधिकारिक विक्रेतासमेत रहेको उषा मार्वल्सले तिलोत्तमा—५ मणिग्राममा सञ्चालन गरेको नयाँ आधुनिक शोरुमको बिहीबारे एक कार्यक्रमका बिच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको १६ वर्ष प्रवेशको अवसर पारेर आयोजित समारोहको उद्घाटनमा मन्त्री गिरीले सरकारले समृद्धिका लागि निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रमहरु गरिरहेको बताए ।

कार्यक्रममा प्रदेशसभामा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल, नेपाल निर्माण सम्बद्ध सामग्री व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष बालाराम भट्टराई, रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष टंकप्रसाद पोखरेल, पर्यटन व्यवसायी माधव नेपाल, पत्रकार महासंघ पाँच नम्बरका उपाध्यक्ष भरत केसी, नेपाली कांग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, नेपाल मार्वल टायल डिलर एसोसिएसनका महासचिव डिलुराम तिवारी तथा कजेरिया कम्पनीका जिएम आरके भगतलगायतले प्रतिष्ठानको सफलताको कामना गरेका थिए ।

मार्वल्स तथा टायल्स विक्रेताका रुपमा छुट्टै पहिचान बनाईसकेको उषा मार्वल्सको नयाँ शाखाबाट टायस्ल तथा मार्वल्सका ईन्टेरीयर कलेक्सनका साथै सेनेटरी वेयरहरु समेतको कारोबार हुने प्रतिष्ठानका संचालक पाण्डे बताउँछन् । उच्च प्रविधिसहितका सेरामिक्स वाल र फ्लोर टायल र सेनेटरी वेयरहरु यस शाखाले विक्री वितरण गर्नेछन् ।

प्रतिष्ठानका सदस्य गणेश भट्टराईका अनुसार यो नेपालमै यति ठूलो आयातनमा खोलिएको पहिलो शाखा हो । आफ्नै जमिन र भवनमा खुलेको नयाँ शाखामा कजेरियाको साढे एक करोडको लागत लागेको भट्टराईले बताए ।

यसघि प्रतिष्ठानको शोरुमको डिजाइन गरेका सुनौलो घरको प्रवन्ध निर्देशक इन्जिनियर राजन पाण्डेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन वरिष्ठ उद्घोषक, कलाकार तथा गायक लक्ष्मण खड्काले गरेका थिए ।