मिसन संघमा शुभकामना आदान प्रदान

बुलेटिन संवाददाता
१५ आश्विन २०७६, बुधबार १६:२०

१५ असोज, रुपन्देही । जापान गोजुरियो कराते डो मिसन संघ नेपालले नेपालीहरुका विभिन्न चाडपर्बको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

विजयादशमी, तिहार र छठ पर्वको अवसर पारेर रुपन्देहीको भलवारीमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै सहभागीहरुले नेपालका पर्वहरुले खेलाडीको मनोबल बढाउन प्रेरणा प्रदान गरुन भनी शुभकामना दिए ।

कार्यक्रममा मिसन संघका प्रमुख सल्लाहकार भरत बहादुर केसिले आपसी एकता र सद्भावका साथ मनाईने पर्बले खेलाडीहरुको मनोबल अझै उच्च हुने बताए । उनले पछिल्लो समयमा कराँतेको लोकप्रीयता बढ्दै गएकाले अझै मेहेनत गरेर अन्तरास्ट्रिय स्तरमा पहिचान बनाउन सुझाव दिए ।

कार्यक्रममा मिसन संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक केबि रानाले चाडपर्वको समयमा आफ्नो शारिरीक तन्दुरुस्ती र अभ्यासलाई निरन्तरता दिन खेलाडीहरुलाई सुझाव दिए । उनले आपसी एकता र सदभावका साथ मनाईने नेपाली पर्वहरुले सबैमा खुशीको सञ्चार गर्ने धारणा राखे ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष शतिस कुमार चौधरी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम लगायतले शुभकामना दिदै सबैमा सकारात्मक सोंच र सामाजिक भावनाको विकास हुन जरुरी रहेको बताए ।

मिसन संघले असोजको अन्तिम साता रुपन्देहीमा राष्ट्रिय सेमिनार आयोजना गरेको छ । ५ दिनसम्म तिलोत्तमामा हुने सेमिनारमा देशका विभिन्न स्थानका कराँते खेलाडीहरु सहभागि हुने मिसन संघका सचिब गिरी पुनले जानकारी दिए ।