डेंगुरोग रोकथाम बारे अन्र्तक्रिया

बुलेटिन संवाददाता
१५ आश्विन २०७६, बुधबार १५:१७

१५ असोज, लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्यशाखाको आयोजनामा लामखट्टेको टोकाईबाट सर्ने डेंगुरोगको रोकथाम बारे एक दिवसीय अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लुसाँनपा निमित्त कार्यकारी अधिकृत अब्दुल जलील मुसलमानले लुम्बिनी नगरबासीमा डेंगुरोग सर्न नदिनका लागि ब्यापक रुपमा प्रचारप्रसार गरि स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन घरदैलो अभियानमा खटिनुपर्ने स्वास्थ्य कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले लामखुट्टे धपाउन नगरक्षेत्रको सरसफाई गरि घर वरिपरि फोहोर पानी जम्न नदिई झूलभित्र सूत्नका लागि नगरबासी सँग अनुरोध समेत गरे ।

कार्यक्रममा स्वास्थ्यशाखा प्रमुख बुधनाथ बरर्इंले नगरभित्र डेंगुरोगको लक्षण देखिएमा तत्काल स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मचारीहरु तयारी अवस्थामा रहनु पर्ने बताए ।

सो अवसरमा स्वास्थ्य कार्यालय रुपन्देहीका मलेरिया ईंस्पेक्टर अनुराधा झा,लुम्बिनी प्राथमिक स्वास्थ्यकेन्द्रका मेडिकल अधिकृत डा. सुभास सापकोटा, शिक्षाशाखा प्रमुख कुल प्रसाद खनाल, वडा नं. ५का वडा अध्यक्ष खुर्सेद मुसलमान लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।