बेलायतका प्रधानमन्त्रीमाथि महिला पत्रकारलाई यौन शोषण गरेको आरोप

बुलेटिन संवाददाता
१४ आश्विन २०७६, मंगलवार १५:३५

१४ असोज, एजेन्सी । बेलायती नवनियुक्त प्रधानमन्त्री बोरिस जोनशनलाई एक महिला पत्रकारले यौन दुव्र्यवहारको आरोप लगाएकी छन् । महिला पत्रकारले सन् १९९९ मा आफूमाथि यौन शोषण भएको आरोप लगाएकी हुन् ।

बेलायती प्रधानमन्त्री जोनशनले आरोपको खण्डन गरेका छन् । कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बनेका जोनशनले पहिलो पटक यस्तो खालको आरोपको सामना गरेको बताएका छन् ।

जोनशन स्पेक्टेटर पत्रिकाको सम्पादक रहेका बेला आफू र अर्की एक महिला पत्रकारलाई यौन हिंसा गरेको आरोप लागेको छ ।

पत्रकार चार्लोट एडवर्डसले यस्तो दावी गरेपछि बेलायती प्रधानमन्त्री जोनशनले आपत्ती जनाएका छन् ।