महराका प्रेस सल्लाहकार भन्छन्- सभामुख पुनः पदमा फर्किनुहुन्छ

बुलेटिन संवाददाता
१४ आश्विन २०७६, मंगलवार १५:२९

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले बलात्कारको आरोप लागेपछि राजीनामा दिएका सभामुख पुनः पदमा फर्किने बताएका छन् ।

मल्लले गम्भीर आरोप लागेकाले त्यसको अनुसन्धान र छानविन प्रक्रिया निष्पक्ष, स्वतन्त्र रुपमा गर्न सहयोग पु¥याउन सभामुख महराले राजीनामा दिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

‘राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन,’ उनले लेखेका छन्, ‘यी सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ।’

उनले सभामुख यस कार्यले छानविन प्रक्रियालाई सहयोग पुर्‍याउने बताएका छन् ।