सभामुखमाथिको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छ : महामन्त्री कोइराला

बुलेटिन संवाददाता
१४ आश्विन २०७६, मंगलवार १५:१६

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको निष्पक्ष ढंगले छानविन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस यूनियन, काठमाडौं शाखाले मंगलबार आयोजना गरेको ‘नागरिक अधिकार कार्यान्वयन र नेपालको संविधान’ विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री डा। कोइरालाले महरामाथि एक महिलाले लगाएको बलात्कारको आरोको निष्पक्ष ढंगले छानविन गर्नुपर्ने बताएका हुन् ।

महरामाथि लगाइएको आरोप गम्भिर भएको बताउँदै उनले भने, “निष्पक्ष किसिमले छानविन होस्, गम्भिर मुद्दा हो ।”

सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले यौन दुर्व्यवहारको आरोप लागेका महरालाई सभामुख र संसद सदस्यबाट राजीनामा दिन आग्रह गरिसकेको छ । बालुवाटारमा बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले सभामुख र संसद सदस्यबाट राजीनामा दिन महरालाई आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहानै राजीनामा दिन महरालाई सुझाएका थिए ।