यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिता २०७६ दुर्गालाई स्नुकरको उपाधि

बुलेटिन संवाददाता
११ आश्विन २०७६, शनिबार २०:४९

११ असोज, बुटवल । हिन्दू नेपालको महान चाड बिजयादशमी तथा दिपावलीक‍ो अवसरमा आयोजना गरिएको यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिताको उपाधि दुर्गा थापालाई पुरस्कार चुमेका छन ।

ईन्टिमेन्सी ग्रुपको आयोजनमा भएक‍ो फाईनल खेलमा रितु पुनलाई ३-२ को सेटमा पराजित गर्दै दुर्गा थापाले उपाधि चुमेका हुन । थापाले खेल ५९-१,६४-२९, २४-५८, ४३-१४, ५८-२ क‍ो सेटमा पराजित गरेका हुन। पहिलो सेमीफाईनलमा दुर्गा थापाले लक्ष्मण थापालाई ३-१ तथा रितु पुनले अमिन थापालाई ३-१ को सेटमा पराजित गरेका थिए ।

प्रतियोगितामा हाई स्कोर ब्रेकर किशन पुन, प्रोमसिङ प्लेयर ज्ञान थापा र राईजिङ प्लेयर विजय ढकाल पुरस्कृत भएका छन । क्लबले मृगौलाबाट पिडित ईन्द्र कुमारी रासलाई ३० हजार रुपैया सहयोग रकम प्रदान गरेक‍ो छ ।
एक कार्यक्रमका बिच विजेता, उपविजेता खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका केन्द्रिय सदस्य दीर्घ बहादुर केसी, पुल तथा स्नुकर संघ रुपन्देहीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, ग्रुपका अध्यक्ष बबिन थापा, सल्लाहकार सन्जयरत्न बज्राचार्य, प्रमोद थापा, युवा समाजसेवी पुर्ण कुवर, संघका सचिव सचिव शिव रानाले पुरस्कार वितरण गरेका छन ।

नेपाल ओलम्पिक कमिटिका केन्द्रिय सदस्य दीर्घ बहादुर केसीले रुपन्देही जिल्लाबाट स्नुकर खेलबाट राम्रो खेलाडी उत्पादन हुनु सकारात्मक विषय भएको बताए । स्नुकरमा निजि लगानीबाट अहिलेको उचाइमा पुगेको भन्दै सरकारबाट सहयोग गर्ने वातावरण बढाउन पहल गर्ने बताए ।


ग्रुपका अध्यक्ष बबिन थापाले प्रतियोगिताबाट खेलाडीहरुका बिचमा आत्मियता बढ्नुका साथै खेलभावना विकास हुने बताए । शारिरिक र मानसिक विकास गर्ने खेलका रुपमा अन्तराष्ट्रिय पहिचान बनाएको स्नुकर खेलको माध्यमबाट नाम अनुसार मित्रता भावना, दशैको शुभकामना गर्ने तथा नेतृत्व विकासको उदेश्यले खेलाउन शुरु गरिएको उनले बताए ।

प्रतियोगिताको संय‍ोजक रमेश रोक्काले सबैको साथ र सहयोगमा खेल भब्य रुपमा सम्पन्न भएको बताए ।प्रतियोगितामा ५३ जना खेलाडीहरु प्रतिस्प्रधा गरेको बताए ।

यस वर्षदेखि क्लबले स्थापना गरेको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट कान्तिपुर टिभि तथा बुटवलटुडेका पत्रकार स्वस्तिक श्रेष्ठलाई प्रदान गरिएको छ । मायाको चिन‍ो र नगदसहित सम्मान गरिएको छ ।