रामवनको १२ औँ साधारणसभा: युवा, महिला र व्यावसायी केन्द्रित कार्यक्रममा जोड दिने

बुलेटिन संवाददाता
११ आश्विन २०७६, शनिबार १६:४०

११ असोज, बुटवल । रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक कार्ययोजना सहितको प्रगति प्रतिवेदन, कोषध्यक्षको प्रतिवेदन र लेखा सिमतिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा बृद्धबृद्धा, एकल महिला, एस.ई.ई र प्लस टु का उत्कृष्ट बिद्यार्थी, असल ऋणी, वचत कर्ता, बढि ब्याज बुझाउन ऋणी र कर्मचारीलाई सम्मान गरिएको छ ।
त्यस्तै १२ औँ बर्ष प्रवेशको अबसरमा रामवन सहकारीले प्रकासन गरेको रामवन सहकारी बिशेष स्मारिकाको बिमोचन समेत गरिएको थियो । रामवनले आफ्ना बिगतदेखि बर्तमानसम्मका सम्पुर्ण गतिविधी र सहकारी सम्बन्धि बिभिन्न लेख सहितको स्मारिकाको पहिलो अंक प्रकासनमा ल्याएको हो ।

कार्यक्रममा अध्यक्ष बाबुराम भण्डारीले सहकारीको पुँजीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि युवा, महिला र व्यावसायी केन्द्रित योजनाहरु ऋगाडि सारेको बताए । उनले बिभिन्न पेशा व्यावसायसंग सम्बन्धित स्वरोजगारमुलक तालिम, प्रशिक्षण र सचेतनामुलक कार्यक्रमलाई स्थानिय निकायसंग सहकार्य गरि प्रभावकारि रुपमा संचालनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

सहकारीका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षता वचत तथा ऋण सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा फोरस्टार बहुमुखी सहकारि संस्था लिमिटेडका उपाअध्यक्ष शरद भट्टराई, रामवन सहकारीका कोषध्यक्ष डिल्लिाज गैरे, लेखा समिति संयोजक उमेश कुमार शाही लगायतले बोलेका थिए ।


उपाध्यक्ष भगवती भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन सचीव खेमराज पाण्डेले गरेका थिए । बि.स. २०६४ सालमा स्थापना भएको सो सहकारीमा हालसम्म ९ सय ५८ सेयर सदस्य रहेका छन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा कार्यालय रहेको सो सहकारीले नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय युवा तथा साना व्यावसायी स्वरोजगार कार्यालय अन्तर्गतको ४५ लाख सहुलिय ऋण प्रदान गर्नुका साथै नेफ्स्कुनसंग सम्झौता गरि प्रोब्यासन कार्यक्रम समेत संचाालन गर्दै आएको छ ।