दुर्गालाई स्नुकरको उपाधि

बुलेटिन संवाददाता
१० आश्विन २०७६, शुक्रबार १९:५४

१० असोज, बुटवल । हिन्दू नेपालको महान चाड बिजयादशमी तथा दिपावलीक‍ो अवसरमा आयोजना गरिएको यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिताको उपाधि दुर्गा थापाले चुमेका छन ।
ईन्टिमेन्सी ग्रुपको आयोजनमा भएक‍ो फाईनल खेलमा रितु पुनलाई  ३-२ को सेटमा पराजित गर्दै दुर्गा थापाले उपाधि चुमेका हुन ।
थापाले खेल ५९-१,६४-२९, २४-५८, ४३-१४, ५८-२ क‍ो सेटमा पराजित गरेका हुन। पहिलो सेमीफाईनलमा दुर्गा थापाले लक्ष्मण थापालाई ३-१ तथा रितु पुनले अमिन थापालाई ३-१ को सेटमा पराजित गरेका थिए ।
खेल संयोजक रमेश रोक्काले प्रतियोगितामा ५३ जना खेलाडीहरु प्रतिस्प्रधा गरेको बताए ।