म्यान अफ द इयर एसिया नेपालका डिपलवलाई

बुलेटिन संवाददाता
६ आश्विन २०७६, सोमबार १७:४९

६ असोज, बुटवल । म्यानमारमा सम्पन्न भएको म्यान अफ द इयर एशिया २०१९ को उपाधि नेपालका डिपलव विकले उपाधि जितेका छन ।

नेपालमा सम्पन्न म्यान अफ द इयर नेपालको उपाधि जितेका चितवनका बिक अन्तराष्ट्रिय मन्च प्रतिस्प्रर्धा गर्ने अवसर पाएका थिए । प्रतियोगितामा उनले बेष्ट हम्मल सव टाइटल समेत जितेका छन ।

प्रतियोगिताकै सवैभन्दा कान्छा प्रतियोगी डिपलव अहिले कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत रहेका छन । डिपलव यसै बर्ष चितवनमा सम्पन्न भएको मिष्टर चितवन एसइइको उपाधि विजेता समेत भएका थिए ।

उपाधि जितेका बिकले नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन पाउदा खुशी लागेको बताए । आइतवार राती अबेर सम्पन्न भएको प्रतियोगितामा नेपाल सहित १६ राष्ट्रका प्रतियोगीहरुले प्रतिस्प्रर्धा गरेका थिए ।

म्यान अफ द इयरको वल्र्ड विनर भने कोरियाले जितेको हो । प्रतियोगितामा भियतनामका प्रतियोगी फष्ट रनर अप, इण्डोनेशिया सेकेण्ड रनर अप भएको हो ।