युवाहरुलाई लक्ष्य निर्धारणमा सघाउन बुटवलमा मोटिभेसनल सेमिनार

बुलेटिन संवाददाता
५ आश्विन २०७६, आईतवार २१:१४

५ असोज, बुटवल । युवाहरुमा सकारात्मक सोचको विकास गराउदै जीवनको लक्ष्य निर्धारण गर्ने क्षमताको विकास गराउने उद्धेश्यले बुटवलमा मोटिभेसनल सेमिनार सम्पन्न भएको छ ।

लाईफ एजुकेशन बुटवलको आयोजनामा सम्पन्न सेमिनारमा झण्डै २ सय युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मोटिभेसनल स्पिकर तथा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड्काले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै लाईफ एजुकेशनका प्रबन्ध निर्देशक तेजराज थापाले अहिले युवावर्गमा महत्वकाँक्षासँगै निराशा पनि बढेको भन्दै त्यसबाट उनीलाई बचाउन उत्पे्ररणमुलक कार्यक्रमहरु आबश्यक रहेको बताए ।

कार्यक्रममा कलाकारहरु अजय कार्की, रुपा रौतार, रिजन पुन, सुजल के.सी., साराशं थापा, किरण विश्वकर्मा लगायतले सांगीतिक प्रस्तुती राखेका थिए । सृष्टी थापाको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरु दिपक बि.क, संगम खड्का, सृष्टि रायमाझी लगायतले तालिममा हासिल गरेको अनुभव सुनाएका थिए ।

त्यसैगरी लाईफ एजुकेशनका पूर्व विद्यार्थीहरु प्रशस्त कुमार मिश्र र प्रशंसा भट्टराईले तालिम पश्चात आफूमा आएको परिवर्तनका बारेमा अनुभव सुनाएका थिए ।