डेँगु रोगको संक्रमणबाट सैनामैनाकी एक महिलाको मृत्यु

बुलेटिन संवाददाता
५ आश्विन २०७६, आईतवार १९:१७

५ असोज, सैनामैना । रुपन्देहीको सैनामैनामा एक महिलाको डेँगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सैनामैना ३ मुर्गिया निवासी ५६ वर्षिय शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पातल बुटवलमा आज विहान ९ बजे मृत्यु भएको परिवारले जनाएको छ ।

शुक्रबार देखि सामान्य लक्षण देखा परे संगै परिवारले स्थानीय मेडिकलमा उपचार गराएका थिए तर स्थिति गम्भीर बन्दै गएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

डेँगु रोगको रोकथामका लागी सैनामैना नगरपालिकाले केही दिन अघि तिन चरणका कार्यक्रम सञ्चालन समेत गरेको थियो । डेँगु रोगको संक्रमण केही ब्यक्तिहरुमा देखा समेत परेको छ ।