३३ औ झरना कप : शुन्यका बिरुद्द ७ गोलमा लिस्नु युवा क्लब बिजयी

मोहन न्यौपाने
५ आश्विन २०७६, आईतवार १९:०६

५ असोज, तिलोत्तमा । झरना स्पोर्टस क्लबको आयोजनामा शुरु ३३ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको आइतबारको खेलमा लिस्नु युवा क्लब कोटिहवा बिजयी भएको छ ।

तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा गीता क्लब १२ नम्बर मणिग्रामलाई ० का विरुद्घ ७ गोलले पछि पार्दै लिस्नु युवा क्लब कोटिहवा विजयी भएको हो । प्रतियोगिताको पहिलो हाल्फ़ मै ३ गोलको अग्रता लिएको लिस्नु युवा क्लब कोटिहवाको तर्फ बाट जर्सी नम्बर ७ का रोमेश बर्तुलाले ५ गोल र जर्सी नम्बर ९ का गोबिन्द थापाले २ गोल गरेका थिए ।

गीता क्लबको तर्फ बाट धेरै प्रयास खेलभरि भएपनि सफल भने हुन सकेन । आइतबार सम्पन्न खेलमा लिस्नु युवा क्लब कोटिहवाका गोबिन्द थापा म्यान अफ दि म्याच घोषित हुएका छन । प्रतियोगिता अन्तर्गत सोमबारको खेल नव युवा खेलकुद तथा सास्कृतिक परिवार ठुटिपिपल र गोर्खा ब्वायज बुटवल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने आयोजक क्लबका तर्फ़बाट मोहन रानाले बताएका छन ।

प्रतियोगिताका बिजेतालाइ यस क्षेत्रकै अत्याधिक रकम ३ लाख १० हजार राखिएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागितामा पहिलो चरणका खेलहरु भैरहेको झरना स्पोर्टस क्लबका अध्यक्ष लोक पुनले बताए ।

हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने खेल हेर्न महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई निशुल्क प्रवेश दिइएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलको भनाइ छ ।