डिल्ली नारायण पाण्डेको नेतृत्वमा दोहोरी गीत प्रतिष्ठान प्रदेश पाँंचमा ३१ सदस्य कमिटी चयन

बुलेटिन संवाददाता
३ आश्विन २०७६, शुक्रबार १७:२०

३ असोज, बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश पांचको प्रथम अधिवेशनवाट डिल्ली नारायण पाण्डेको अध्यक्षतामा ३१ सदस्य प्रदेश कमिटी चयन भएका छन ।

विहिवार देखि रुपन्देहीको तिलोत्तममा शुरु भएको अधिवेशन शुक्रवार सकिएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा नारायण थापा, प्रथम उपाध्यक्षमा दीपु मगर, द्धितीय उपाध्यक्षमा नारायण वीपी परियार, महिला उपाध्यक्षमा मन्जु आचार्य, महिला सचिवमा देवकला वस्नेत,सचिवमाटिकाराम लुईटेल, कोषाध्यक्षमा प्रेम शर्मा, सह सचिवमा दामोदर वस्याल र योगराज पोखरेल र सह कोषाध्यक्षमा पुरुषोतम गैरे चयन भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरि सदस्यहरुमा ओम ज्ञवाली, सहयोगी विसी, ओम सेन सुनार ,सपना गाहा, पुर्णचन्द्र परियार,लोकेन्द्र शाह,रुकु पाण्डे,चन्द्र अधिकारी, लक्ष्मण सुवेदी, पदम थापा, झविन्द्र थापा, प्रकाश कडेल, विष्णु प्रसाद कडेल, विक्रम राना, नवराज पाण्डे,राजेन्द्र पोखरेल, राम प्रसाद पौडेल,चेतना थापा, भरतमणी पौडेल,चन्द्र प्रसाद पाण्डे र शान्ति रेग्मी चयन भएका छन ।