कलियुगले सतायो भजन सार्वजनिक (भिडियोसहित)

चक्रपाणी डुम्रे
२ आश्विन २०७६, बिहीबार ०८:१६

२ असोज, बुटवल । चर्चित लोक तथा भजन गायक लोकेन्द्र सापकोटा, कथा बाचक भरत सुवेदी र जानु पोख्रेलको “कलियुगले सतायो” नामक भजन सार्वजनिक गरेका छन् ।

शिव दर्शन फिल्मस प्रालि द्वारा बजारमा आएको उक्त भजनको लय शब्द लोकेन्द्र सापकोटा रहेको छ भने स्वर लोकेन्द्र सापकोटा स्वयं , भरत सुवेदी र जानु पोख्रेलकै रहेको छ ।

सापकोटा बिगत ५ वर्ष देखि निरन्तर नेपाल गीत संगीतको उचाईलाई बढाउन लगिरहेका छन् । सापकोटाका ऐले सम्म करिब दश वटा भजन एवं दश वटै लोक गीत गरि करिब बीस वटा गीत हरू बजारमा आइसकेका छन् ।

कलि युगका विभिन्न विकृति र कलियुगले सताएको कुरालाई ब्याख्या गरिएको भजन भक्ति परक भजन हो । जुन भजनमा लोकेन्द्र , मेलिना , सुस्मा,सागर र प्रदीप को अभिनय रहेको छ ।

भिडियो हेर्नुस्

https://youtu.be/wipi_Qggo7s