वाल दिवसमा लियो र लायन्सद्धारा अन्तक्रिया कार्यक्रम सम्पन्न

बुलेटिन संवाददाता
२९ भाद्र २०७६, आईतवार १९:०३

२९ भदौ, बुटवल । ५६ औं राष्ट्रिय बाल दिवस कार्यक्रम बुटवलमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बाल दिवसको अबसरमा लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ तिलोत्तमा मायादेवी र लियो क्लब अफ तिलोत्तमाको संयुक्तm आयोजनामा बालबालिकाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र (बनबाटिका) मा शुस्तमनस्थिती, अपाङ्ग र सपाङ्ग बालबालिकाहरु एकआपसमा पारस्परिक रहेर घुलमिल हुन सकुन भन्ने उद्धेश्यका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बालबालिकाहरुको क्षमता बढाउन डेनमार्कमा उत्पादन भएको लेगो सहित अन्य अन्तक्रियात्मक खेलहरु खेलाइएको थियो । साथै कार्यक्रममा बालबालिकाहरुले आ आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए । । कार्यक्रममा बिभिन्न बिद्यालयका बालबालिकाहरुलाई पनि सहभागी गराइएको थियो ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकालाई बालश्रममुक्त नगर बनाउन अभियान चालाएको बताए । उनले बाल अधिकार संरक्षणका लागि सबैको सहकार्य हुन जरुरी रहेको बताए ।

लायन्स क्लव अफ तिलोत्तमाका अध्यक्ष राजेन्द्र बहादुर शाक्यको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष राजन कसजुले कार्यक्रमको उद्धेश्यको बारेमा बोलेका थिए भने लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेविका अध्यक्ष भाग्य लक्ष्मी शाक्यले धन्यवाद मन्तब्य राखेको कार्यक्रम संयोजक सुमि श्रेष्ठ कसजुले जानकारी दिइन । कार्यक्रमको संचालन लायन्स क्लवका सचीव प्रगतीरत्न गुभाजुले गरेका थिए ।