सम्झना लामिछाने र रामजी खाँडको आवाजमा सार्वजनिक भयो ‘बैना रुमाल’ (भिडियो सहित)

बुलेटिन संवाददाता
२९ भाद्र २०७६, आईतवार १६:२१

२९ भदौ, बुटवल । नेपाल स्वयंसेवक संघ सांस्कृतिक कला संगठन कि केन्द्रीय उपाध्यक्ष गायिका सम्झना लामिछाने मगर र रामजी खांडको आवाजमा बैना रुमाल बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

देउन रुमाल बैना तिमि झैँ राम्री त नेपालमै छैन भन्ने गीतमा गायिका लामिछाने र गायक खाँडको अभिनय रहेको सो गीतमा शब्द संयोजन बैकुण्ठ महतले गरेका छन् भने संगीत खेम सेन्चुरीले गरेका छन ।

कृष्ण भान्जाले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा प्रकाश भट्टले निर्देशन गरेका छन् भने गीतलाई गायिका लामिछानेको अफिसियल यू ट्युव मार्फत सार्वजनिक गरीएको छ ।

भिडियो हेर्नुहोस