वाल दिवसको अवसरमा होराइजन जिविएसमा ट्यालेन्ट हन्ट

बुलेटिन संवाददाता
२९ भाद्र २०७६, आईतवार १७:३०

२९ भदौ, बुटवल । बाल दिवसको अबसरमा रुपनदेहीको होराइजन गौतमबुद्ध माबिमा ट्यालेन्ट हन्ट प्रतियोगिता सम्पन्न भएको छ ।

दिवसको अबसर पारेर विद्यालयको कक्षा १० का विद्यार्थीले प्रतियोगिताको आयोजना गरेका हुन । तीन चरणमा सम्पन्न प्रतियोगितामा विद्यालयका १ सय बढि विद्यार्थीले बिभिन्न कला प्रदर्शन गरेका छन । उनीहरुले नृत्य, गायन, नाटक, क्यारिकेचर लगायतका विधामा आफ्नो कला प्रदर्शन गरेको विद्यालयका सह प्राचार्य ज्ञानेश्वर ज्ञवालीले जानकारी दिए ।

कक्षा १० मा अध्ययनरत छात्रा शाक्षी केसीको अध्यक्षता, न्यु होराईजन संस्थाका प्रमुख लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यता र विद्यालयका शैक्षिक निर्देशक जिवनाथ भण्डारीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रको संचालन कक्षा १० का सन्दिप पौडेल, एलिसा खत्री र शरु रेग्मिले गरेका थिए ।

कक्षा २ देखि ४, कक्षा ५ देखि ७ र कक्षा ८ र ९ गरि तीन तहमा बिभाजन गरेर प्रतियोगिता संचालन भएको थियो ।