रुपन्देहीमा गोली प्रहार गरी लुटपाट, एकको मृत्यु

बुलेटिन संवाददाता
२९ भाद्र २०७६, आईतवार १५:४४

२९ भदौ, भैरहवा । रुपन्देहीमा रोहिणी गाउँपालिका- ३ स्थित रोहिणी गोला नजिक गोली चलेको छ ।

गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । मृतकको कुर्मीको बायाँ कुममा गोली लागेको छ ।

मृतक कुर्मीले भैरहवास्थिती एक बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाने क्रममा मोटरसाइकलमा सवार दुईजना युवाले उनलाई गोली हानी रकम लुटेर फरार भएको संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक चन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार गोली प्रहार गर्ने युवाले प्रयोग गरेको मोटरसाइकलको नम्बर प्लेटमा रातो रंग दलिएको थियो । गोली कसले र किन चलाएको भन्ने विषय नखुलेको उनले बताए ।

गोली प्रहार गर्ने युवा फरार भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।