ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

बुलेटिन संवाददाता
२९ भाद्र २०७६, आईतवार १४:३३

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा आइतबार पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीमाथि युटुबरहरुको प्रश्नको वर्षा भयो । प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो ।

युटुबरहरु आक्रोसित बनेपछि परिस्थिति तनावपूर्ण बनेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

स्थिति सामान्य भएपछि उनलाई छाडिने पनि एसएसपी राईले बताए ।