‘देशहरुबीच फाटो ल्याउने सैन्य गतिविधि स्विकार्य छैन’ : परराष्ट्रमन्त्री ज्ञवाली

बुलेटिन संवाददाता
२९ भाद्र २०७६, आईतवार १३:२२

२९ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्विकार्य नहुने बताएका छन् ।

पराष्ट्रमन्त्री ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको बताए । आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ डाईलग’ विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीति अघि बढाएको उल्लेख गर्दै त्यसमा दायाँबायाँ हुन नदिने दृढता व्यक्त गरे ।

मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्यूमा बहस गरे पनि उनीहरुसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपाल– चीन ‘क्रम बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको समेत जानकारी दिए । दुई मुलुकबीचको व्यापार घाटा कम गर्न सरकारले बोर्डर एरियामा सो जोनको विकास गरेर आर्थिक गतिविधिलाई बढाउन चाहेको मन्त्री ज्ञवालीको भनाई छ ।

मन्त्री ज्ञवालीले सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको बताए ।