रोट्रयाक्क क्लव अफ तिनाउ सिटीद्रारा पुर्व राष्ट्रिय क्रिकेट खेलाडि शक्ति गौचनलाई सम्मान

बुलेटिन संवाददाता
२१ असार २०७६, शनिबार ०९:३३

२१ असार, बुटवल । रोट्रयाक्क क्लव अफ तिनाउ सिटीले पुर्व राष्ट्रिय क्रिकेट खेलाडि शक्ति गौचनलाई सम्मान गरेको छ ।

बर्ष २०१८/१९ का अध्यक्ष प्रकाश पराजुली, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले पुर्व राष्ट्रिय खेलाडि गौचनलाई सम्मान गरेका हुन ।

क्लवको बर्ष ०१९/०२० लाई पद हस्तान्तरण कार्यक्रमको अवसरमा गौचनलाई नगद सहित सम्मान गरिएको हो ।
यसैबीच बर्ष २०१८/०१९ का अध्यक्ष प्रकाश पराजुलीले बर्ष ०१९/०२० का अध्यक्ष दिनेश गैह्रेलाई पद हस्तान्तरण गरेका छन् । उक्त पद हस्तान्तरण कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उनले समाज रुपान्तरणमा युवाहरुको भुमिका उल्लेख्य भएको भन्दै जागरुक युवाहरु नै अब समृद्धिको यात्रामा लाग्नुपर्ने बताए ।

त्यसैगरी पुर्व राष्ट्रिय खेलाडि शक्ति गौचनले क्वलको सम्मानले क्रिकेटर क्षेत्रमा अझै गर्न बाँकी रहेको स्मरण गराएको बताए । उनले अबको पुस्तालाई क्रिकेट सिकाएरै आफ्नो जीवन व्यतित गर्ने बताए ।

कार्यक्रममा एजी जोन १९ का ईन्द्र सुनार, रोट्रायाक्क क्वल अफ बुटवल साउथका देविदत्त ज्ञवाली, संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी, पुर्व अध्यक्ष उमेश अधिकारी जोन ११ का जेड आर आर प्रकाश शर्मा लगाएले बोलेका थिए ।

कार्यक्रम प्रेम भुर्तेलको स्वागत तथा अनुप पाण्डे र अशोक ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।