काेरियामा औद्याेगिक दुर्घटनामा परि एक नेपालीकाे मृत्यु

बुलेटिन संवाददाता
१२ असार २०७६, बिहीबार ०९:५२

१२ असार, सउल । कोरियामा कार्यरत एक नेपालीकाे औद्याेगिक दुर्घटनामा परि बुधवार मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा छल्लानाम्दाे ख्वाङ्जुमा कार्यरत ओखलढुङ्गाका बिमान राइ रहेकाे काेरियाका लागि नेपाली श्रम सहचार डिल्लिराम बाँस्ताेलाले जानकारी दिए ।

गत हप्ता कम्पनिमा काम गर्ने क्रममा दुर्घटनामा परि गम्भिर घाईते राईकाे उपचारका क्रममा बुधबार विहान मृत्यु भएकाे हाे ।

राईका आफन्त काेरिया आईसकेकाले आवश्यक प्रकृया पुर्याएर शव नेपाल पठाईने सिओल स्थित नेपाली दूतावासले जनाएकाे छ ।