‘श्रम कोरियामा, उद्यम नेपालमा’ निबन्धका उत्कृष्ट पाँच प्रतियोगी पुरस्कृत

बुलेटिन संवाददाता
८ असार २०७६, आईतवार १३:०५

शिव भुसाल
८ असार, सउल । नेपाली दुतावास दक्षिण कोरियाले ‘श्रम कोरियामा, उद्यम नेपालमा’ निवन्ध प्रतियोगिताका उत्कृष्ट ५ प्रतियोगिहरुलाई आईतवार पुरस्कृत गरेको छ ।

गत वर्ष फागुनमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा सहभागि मध्ये ५ जनालाई नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।
प्रतियोगीतामा वैतडिका खेम सिंह साउदले प्रथम, ताप्लेजुङका सुमन राईले द्धितिय र पर्शुराम सापकोटा ललितपुरले तृतिय स्थान हाँसिल गरेका थिए । प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश दुईलाख, डेढ लाख र एक लाख वन सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै ठगेन्द्र न्यौपाने र सन्तोष खड्काले सान्त्वना स्थान हाँसिल गर्दै जनहि पचहत्तर हजार वन सहित ट्रफि र प्रमाणपत्र हात पारे ।

उक्त प्रतियोगितामा कोरियामा कार्यरत २४ जना नेपालीले सहभागिता जनाएको निबन्ध मुल्याङ्कन समितीका संयोजक तथा कोरियाकालागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

नगद र ट्रफी उत्कृष्ट ५ जनालाई मात्र प्रदान गरिएपनि प्रमाणपत्र भने प्रतियोगितामा सहभागि सबैलाई प्रदान गरिएको थियो ।
प्रतियोगिहरुले उक्त शिर्षकमा आधारित रहि १ हजार देखी १५ सय शब्द नबढ्नेगरी निवन्ध लेखि ईमेल वा स्वयम उपस्थित भई दुतावासमा बुझाएर सहभागि भएका थिए ।

प्रतियोगिहरुले निबन्ध मार्फत राखेका भावनाहरुलाई नेपाल सरकारको नितिर्मिाण गर्ने तह सम्म पुर्याउन पहल गरिने बाँस्तोलाले बताए ।