ईन्डीयन एजुकेशन सेमिनार : मेडिकल साईन्स र पारा मेडिकलमा बिद्यार्थीको बढि रुची

बुलेटिन संवाददाता
३ असार २०७६, मंगलवार १३:१८

१ असार, बुटवल । बुटवलमा ईन्डीयन एजुकेशन सेमिनार–२०१९’ सम्पन्न भएको छ । शिद्धार्थ ईरा एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको सेमिनारमा झण्डै ४ सय बिद्यार्थीले परामर्श लिएका छन । उनीहरुले भारतका बिभिन्न युनिभर्सिटिका प्रतिनिधीसंग प्रत्यक्ष भेट गरी आफुलाइ पढ्न मन लागेको बिषयमा परामर्श लिएका हुन ।

सेमिनारमा भारतका बिभिन्न १० वटा युनिभर्सिटि तथा कलेजका प्रतिनिधीहरुको उपस्थिती रहेका कन्टेन्सीका म्याजेजिङ्ग डाईरेक्टर समिर क्षेत्रीले जानकारि दिए । सेमिनारमा बिद्यार्थीहरुले निशुल्क रुपमा विद्यार्थीहरुले अ आफ्नो अध्यायनको विषयमा विश्व विद्यालय तथा क्याम्पसबाट आएका प्रतिनिधिहरु संग प्रत्यक्ष रुपमा कुराकानी गरेको उनले जानकारी दिए ।

विगत ४ बर्ष देखि निरन्तरता रुपमा सेमिनारको आयोजना गरि बिद्यार्थी र कलेजको प्रत्यक्ष भेट गराउदै आएको शिद्धार्थ इराले यस बर्ष पनि सेमिनारलाई निरन्तरता दिइएको हो ।


उक्त सेमिनारमा पारुल विश्व विद्यालय गुजरात, आरआईटी कलजे पुने, चण्डीगढ विश्व विद्यालय चण्डीगढ, देवभुमि ईन्च्युष्ट देउरादुन, श्री विद्या निकेत अन्द्रप्रदेश, गुरुनानाक विश्व विद्यालय हैदयराबाद, ईष्ट पोईन्ट विद्यालय बैगलोर,एक्सल कलेज चण्डीगढ, डाक्टर अम्बेष्टर ईन्चयुष्ट बैगलोर, मानव रचना युनिर्भसीटी दिल्ली लगायतका कलेजका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सेमिनारमा बबिद्यार्थीहरुले प्लसटु पछिको शिक्षा, साथै ब्याचलर पुरा गरेका विद्यार्थीहरुको लागि माष्टर डिग्रीको लागि समेत आ आफ्नो विषयमा जानकारी लिएका छन । यसमा मेडिकल साईन्स, पारा मेडिकल, व्यवस्थापन लगायत प्लस टु र माष्टर्स समेत अध्यायनको विषयमा विद्यार्थीले बढि जिज्ञासा राखेको बताइएको छ । सिद्धार्थ इरा कन्सल्टेन्सीले हाल सम्म ५ सय बढि विद्यार्थी भारत अध्ययानको लागि पठाएको छ ।