पूर्व शिक्षामन्त्री शुक्लको पहलमा विद्यालयमा सौर्यउर्जा जडान

बुलेटिन संवाददाता
३१ जेष्ठ २०७६, शुक्रबार १२:०५

३१ जेठ, मर्चवार । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का वरिष्ठ उपाध्यक्ष तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्र नाथ शुक्लाको पहलमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको दुई सामुदायिक विद्यालयमा सौर्य ऊजा प्रणालीको स्थापना गरिएको छ ।

रुपन्देहीको सीमावर्ती क्षेत्र मर्चवारको सम्मरीमाई गाउँपालिका वडा नम्बर ४ बिजगौरी स्थित श्री जनता मा वि र वडा नम्बर ३ मा थुम्हवा स्थित ज्ञानज्योति मा वि मा वैकल्पिक उर्जा प्रणाली जडान गरिएको हो ।

सो वैकल्पिक उजा केन्द्र प्रणालीको उद्घाटन गर्दै पूर्वमन्त्री शुक्लाले मर्चवारको शिक्षा क्षेत्रको विकासको लागि आफ प्रतिबद्ध रहेको बताए ।

राजपा रुपन्देही अध्यक्ष मण्डलका संयोजक महेन्द्र गुप्ता प्रशान्तले वैकल्पिक उजा प्रणालीको स्थापनाले शिक्षा क्षेत्रको विकासमा इट्टा थप्ने काम गरेको बताए। सौर्य उर्जा प्रणालीको २ किलोवाट प्रतिदिन १० युनिट विद्युत उत्पादन क्षमता भएको सौर्य उर्जा प्रणालीको लागत करिब ५ लाख रहेको राष्ट्रिय विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष चन्दन तिवारीले बताए ।