प्रधानमन्त्री ओली गोरखा ब्रिगेडको मुख्यालय पुगे, गोरखा सैनिकहरुबाट गार्ड अफ अनर प्रदान

बुलेटिन संवाददाता
२९ जेष्ठ २०७६, बुधबार १३:४१

२९ जेठ, लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका छन ।

गोर्खा सैनिकको समस्याबारे जानकार प्रधानमन्त्री ओलीले हिजो बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भएको बार्तामा समस्या समाधानको प्रस्ताव गरेलगत्तै आज गोरखा ब्रिगेट मुख्यालय पुगेका हुन ।


बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले त्यहा कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेटेका थिए ।

प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरेका छन ।