पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको सवारी दुर्घटनामा मृत्यु

बुलेटिन संवाददाता
२९ जेष्ठ २०७६, बुधबार १३:३६

२९ जेठ, काठमाडौ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको सवारी दुर्घटनामा निधन भएको छ ।

३८ वर्षीय गेलाङ चढेको भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई आज दिउँसो बा ५ ख १६८३ नम्बरको टिपरले भेरीगंगा नगरपालिका-८ लहरे बजारअगाडि ठक्कर दिँदा सहसचिव नन्दु गेलाङको घटनास्थलमा नै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख पहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका गेलाङ सुर्खेतबाट प्रकाशित हाम्रो पहिचान दैनिकका सम्पादक/प्रकाशक कार्यरत थिए । टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।