निष्ठाको राजनीतिमा शैलजाको भूमिका अनुकरणीय:काग्रेस नेताहरु

बुलेटिन संवाददाता
२९ जेष्ठ २०७६, बुधबार १२:४५

२९ जेठ, बुटवल । नेपाली काँग्रेसका स्वर्गीय नेतृ शैलजा आर्चायले गरेको निष्ठाको राजनीति अनुकरणीय रहेको बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन । स्वर्गीय नेता आर्चायको दशौ स्मृति दिवशमा नेपाल महिला संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । उनीहरुले स्व आर्चायले देखाएको निष्ठा र आदर्शको मार्गमा अगाडी बढनु पर्नेमा जोड दिएका छन ।

काँग्रेस रुपन्देहीका उपसभापती फणिन्द्र शर्मा, सचिव रामकृष्ण खाँण,महासमिति सदस्य युवाराज गीरी,बालकुमारी भण्डारी, नगर सभापती खेलराज पाण्डे,जिल्ला सदस्य माया गौतम, क्षेत्रीय सहसचिव लक्ष्मी जोशी, पार्वती थापा,जमुना ढकाल,मिना जिसी,गंगा पन्थी लगायतले बोल्दै नेतृ आर्चायले देखाएको निष्ठा र आदर्शको राजनीति अनुकरणीय रहेको बताए । नेपाली काँग्रेसलाइ समावेसी बनाउन र महिला हक हितका सवालमा स्वर्गीय नेतृ अर्चायले खलेको प्रेरणादायि भुमीकाको स्मरण गर्दै उहाहरुले पार्टीलाइ बलियो बनाउन महिला सहभागीतालाइ अहिले पनि विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमीका खेल्नु भएकी काँग्रेस नेतृ आर्चायले २०१७ सालमा राजा महेन्द्रलाइ कालो झण्डा देखाए पछि ३ बर्ष जेल जिवन बिताउनु भएको थियो । २०४८ सालको आम निर्वाचनमा मोरङबाट प्रतिनिधि सभामा निर्वाचित भइ कृषि वन तथा भु–संरक्षण मन्त्री र २०५३ सालमा उपप्रधानमन्त्री समेत बनेकी थिइन ।

बिक्रम सम्बत २००१ सालमाा मोरङमा जन्मिएकी आर्चायको २०६६ सालमा काठमाडौमा निधन भएको थियो ।