नेपालको सम्बृद्धि कसैले रोक्न नसक्ने : सचेतक भट्टराई

बुलेटिन संवाददाता
३ चैत्र २०७५, आईतवार १४:५४

बिन्दु कुमार चौहान
३ चैत, लुम्बिनी । कम्युनिष्ट नेतृत्व सरकारको काम कार्यवाही प्रति बिभिन्न टिका टिप्पडी उठिरेको बेला राष्ट्रियसभा सचेतक खिमलाल भट्टराईले नेपाल सम्बृद्धिको बाटो कसैले रोक्न नसक्ने बताएका छन ।
सो कुरा उनले बुद्धजन्म स्थल लुम्बनीमा नेपाल कम्युनिष्ट पार्टी ( संस्थापन पक्ष ) कार्यकर्ता भेलालाई सम्बोद्धन गर्दै बताएका हुन ।
राष्ट्रियसभा सचेतक भट्टराई मुलुकमा कम्युनिष्ट नेतृत्व सरकार स्थापना भई एक बर्षको अवधीमा ३१ वटा राष्ट्रिय गौरवको योजना आठसय रोड, पानी जहाज ,रेलवेलाईनको महत्वाकाक्षी योजनाको डीपीआर तयार गरि चाईना र भारतको सहयोगमा चारबर्ष भित्रै पानीजहाज र रेल गुडाउने गृहकार्य द्रुतगतिमा अगाडी बढन लाग्दा नेपालको समबृद्धि कसैले रोक्न नसक्ने दावी गरे ।
यसै बर्षको जुलाई सम्म गौतमबुद्धको बिमान स्थलको निर्माण कार्य सम्म भई अन्र्तराष्ट्रिय उडान समेत भर्नुका साथै दुई बर्ष भित्रै लुम्बिनी गुरुयोजना पूरा गर्न ग्लोबल टेण्डर मार्फत निर्माण कार्य पूरा गरि लुम्बिनीको पर्यटन उद्योग मार्फत नेपाल सम्बृद्धि ढोका समेत खोलिने सचेतक भट्टराईले जानकारी गराए ।
सचेतक भट्टराईले प्रधानमन्त्री युवा स्वरोजगार योजना मार्फत बिदेश पलायन युवाहरुलाई देश भित्रै रोजगारको अवसर सिर्जना सम्बृद्धिको अभियानमा जोडनुका साथै पाँच बर्ष भित्रै नेपाललाई बिकास उन्मुख राष्ट्रको दर्जामा पुरयाई समाजबादी क्रान्तिको बाटोमा अगाडी बढने बताए ।
कार्यक्रममा कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हकीकुल्लाह मुसलमानले ५० बष सम्म काँग्रेसले गर्न नसकेको काम कम्युनिष्ट नेतृत्व सरकारले नेपाललाई लोडसेडिङ्ग मुक्त पारी भारत र बंगलादेशमा बिजुली बेचेर बिदेशी क्रेन्सी भित्रयाउनुका साथै जडीबूटी तथा कृषि जन्यबस्तु उत्पादन गरि बिदेश निर्यात गर्न सरकारको ध्यान केन्द्रित भएको बताए ।
नेपाल समबृद्धि अभियान सफल बनाउन सीकेराउत संगठनलाई ठिक ठाँउमा ल्याउन सरकार सफलता हासिल गर्नुका साथै नेकपा बिप्लव लगायत अन्य द्वन्दरत पक्षलाई पनि ठीक ठाँउमा ल्याउन रणनीतिक योजनाका साथ पार्टी पंक्ति र सरकार समेत गृहकार्य गरिरहेको जानकारी गराए ।
समारोहमा हजकमिटी अध्यक्ष शमशेर मिया, हजकमिटी केन्द्रियसदस्य हजरतबेलाल फकीर नेकपा केन्द्रिय सल्लाहकार शिवप्यासी,नेकपा लुम्बिनी नगर ईन्चार्ज रामचन्द्रयादव कम्युनिष्ट नेत्री कल्पना हरिजन तथा ईन्साफ मुसलमान लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।