प्रदेश नं. २

प्रदेश सरकारबाट मृतकका परिवारलाई ३ लाख दिने निर्णय

२८ असार, जनकपुरधाम । प्रदेश २ सरकारले बाढीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले मृतक परिवारलाई रु ३ लाख उपलब्ध गराउने निर्णय गरेको उद्योग, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए । उनका अनुसार प्रत्येक जिल्लामा रहेको राहतका लागि १०-१० लाख रुपैयाँका साथै त्रिपाल, खाना […]

श्रीमती जलाउने मुकेश भाउजुसंग पल्किएको खुलासा

२६ वैशाख, जनकपुर । श्रीमतीलाई जिउँदै आगो लगाएर भागेका धनुषाको शहीदनगर नगरपालिका १ चिरैयाका मुकेश यादवको भाउजुसँग अवैध सम्बन्ध रहेको खुल्न आएको छ । मुकेशले बैशाख ५ गते आफ्नि २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भएको थियो । घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको […]

बीस हजार कर्मचारीका लागि आवेदन खोल्दै लोकसेवा

चैत्र २३, पर्सा – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेकोबताएका छन । कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत त्याे परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले सरकारले कर्मचारी भर्नाका लागि खुला गर्न […]