गाउँपालिकाको केन्द्र सार्न लागेको विरोधमा वडा कार्यालयमा तालाबन्दी

२ असोज, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं. ४ र...

जिल्ला मालपोत कार्यालय डोटीमा पहिलोपटक अनलाइन सेवा शुरु

३० भदौ, डोटी । जिल्ला मालपोत कार्यालय डोटीमा आइतवारदेखि पहिलोपटक अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका-१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा...

भ्रातृ सङ्गठन एकीकरणको काम छिट्टै टुङ्गो लगाइन्छ : भीम रावल

२७ भदौ, अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले...

अत्यधिक रक्तश्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु

२६ भदौ, बाजुरा । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण बुधबार बेलुकी सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका-१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोरा रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । बोहरालाई चिकित्सकले...

तटबन्ध निर्माणले जोगायो बस्ती

२५ भदौ, दार्चुला । शैल्यशिखर नगरपालिका-९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो...

नगरपालिकाका इञ्जिनीयर बलात्कारको आरोपमा पक्राउ

२५ भदौ, बैतडी । प्रहरीले बलात्कारको आरोपमा एकजना इन्जिनियरलाई पक्राउ गरेको छ । मंगलबार साँझ मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी...

विप्लवका दुई विद्यार्थी नेता पक्राउ

२३ भदौ, बैतडी । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा निकट विद्यार्थी संगठनका दुई जना जिल्लास्तरीय नेतालाई प्रहरीले पक्रेको छ । अखिल क्रान्तिकारी दार्चुलाका जिल्ला संयोजक ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्रेको हो । जिल्लास्तरीय नेतालाई बैतडीको...

एउटै वडाबाट १५ करोडको आलु निर्यात

२१ भदौ, सल्यान । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष १५ करोड रुपैयाँको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि...

चितुवाको आक्रमणबाट बैतडीमा एक बालकको मृत्यु

२१ भदौ, बैतडी । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका-२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले...

सुदूरपश्चिममा १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा

११ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याङ्कमा निजी जीवनको मामिलामा...