६ जना भिभिआइपीलाई मात्र जहाजसम्म सवारीसाधन

२६ भदौ, काठमाडौं । सरकारले आन्तरिक विमानस्थलमा ६ जना भिभिआइपीलाई मात्र सवारीसाधनसहित जहाजसम्म जान पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार सूचना जारी गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । संस्कृति, पर्यटन तथा नागरिक...

पहिलोपटक पाइपलाइनबाट इन्धन : उपभोक्तालाई मूल्यमा राहत

२४ भदौ, काठमाडौं । पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि...

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो

२४ भदौ, काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर...

नेपालगन्जमा फलफुलको ‘राजा’ मानिने कर्णाली स्याउको भरमार

२३ भदौ, नेपालगन्ज । नेपालगन्ज बजारमा अहिले फलफुलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ । एक किलोको रु १०० देखि १२० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ...

आजदेखि सहुलियत पसल, कहाँ कहाँ छन् सहुलियत पसल ?

२३ भदौ, काठमाडौं । नजिकिँदै गरेका ठूला चाडपर्वहरुमा उपभोक्तालाई सुविधा दिने उद्धेश्यले सरकारले सोमबारदेखि सहुलियत पसल सुरु गर्दैछ । काठमाडौं उपत्यकाका ९ ठाउँसहित देशका अरु मुख्य ठाउँमा पनि सहुलियत पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ...

पैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले विकृति र सामाजिक चुनौती निम्ताउछ : सांसद चौधरी

२२ भदौ,  काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं प्रतिष्ठित उद्यमी विनोद चौधरीले पैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले गम्भीर विकृति र नयाँ सामाजिक चुनौती निम्ताउने बताएका छन् । उनले विकास खर्च र साधारण खर्चको अनुपातमा पुनरावलोकन गर्न पनि आग्रह गरे...

सुनको मुल्य घट्यो, प्रतितोला ७१ हजारमा कारोबार

२२ भदौ, काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य आजपनि घटेको छ । गत शुक्रबार प्रतितोला ७२ हजारमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला सुनको मुल्य ७१ हजार ५...

मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अर्थमन्त्री खतिवडा

२२ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको बताएका छन् । अर्थतन्त्रलाई नै बदनाम गर्ने प्रयास भएको उल्लेख गर्दै मन्त्री खतिवडाले त्यसो नगर्न सचेत गराएका छन् । अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि...

एउटै वडाबाट १५ करोडको आलु निर्यात

२१ भदौ, सल्यान । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष १५ करोड रुपैयाँको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि...

कृषिमन्त्री खनालले अस्पतालको शय्याबाट दूधको मूल्य बढाउने फाइल स्वीकृत गरे

१९ भदौ, काठमाडौं । दूधको मूल्य बढेको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । कृषिमन्त्री चक्रपाणि खनालले अस्पतालको शय्याबाट दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेका हुन् । मन्त्री खनाल डेंगु ज्वरोको प्रकोपको...