अर्थतन्त्रको मुख्य आधार उत्पादनमुलक उद्योगलाई बनाउनुपर्ने – मुख्यमन्त्री

बुलेटिन संवाददाता
१९ फाल्गुन २०७४, शनिबार १३:१७

१९ फागुन,बुटवल ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अर्थतन्त्रको मुख्य आधार उत्पादनमुलक उद्योगलाई बनाउनुपर्ने बताएका छन् । उनले नेपालको अर्थतन्त्रको मुख्य श्रोत र आधार व्यापार भएको भन्दै अब उत्पादनमुलक उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेपाल घरेलु तथा साना उघोग महासंघ, प्रदेश कमिटिले मुख्यमन्त्री शंकर पोखरेललाई शनिबार आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन । नेपालको उद्योगले बजारको माग पुरा गर्न नसकेको भन्दै रचनात्मक उत्पादनमा जोड दिन आग्रह गरे ।

समृदिको यात्रा अबको राजनितिको यात्रा भएको भन्दै पाच नम्बर प्रदेशको पर्यटनलाई जोडेर उधोग चलाउन उनले सुझाव दिए । यो वर्ष कानुन बनाउने वर्ष भएकाले उधोगमा भएका समस्याहरुलाई समेट्न सुझावहरु दिन समेत आग्रह गरे । महासंघका प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकको नेतृत्वमा मुख्यमन्त्री निवासमा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्रीलाई औपचारिक कार्यक्रमका बिच सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

सो अवसरमा ज्ञापनपत्र बुझाउँदै महासंघका प्रदेश अध्यक्ष पाठकले घरेलु तथा साना उघममार्फत गरिबि निवारण रोजगार अभिवृघ्दि गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै उघोगको विकास र प्रबर्दन गर्ने काममा लाग्न आग्रह गरे । महासंघलाई संविधान बमोजिम प्रादेशिक संरचनामा लगिएको उनले बताए । युवाहरु वैदेसिक रोजगारमा जानबाट रोक्नका लागि समेत स्वदेशमा घरेलु तथा साना उघोग विकल्प भएको संघको दावी छ ।

विसं २०४७ सालदेखि नै आफनो गतिविधीलाई जोड दिएर कामहरु गर्दै आएको आएको छ । बधाई ज्ञापन कार्यक्रममा घरेलु महासंघ महिला प्रदेश अध्यक्ष शान्ति शर्मा, रुपन्देही जिल्ला अध्यक्ष कन्हैयालाल कशौधन, महासंघका विभिन्न जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।