बुटवल संगमपथको युनाईटेड प्लास्टिकमा भिषण आगलागी, दमकलमा पानी सकियो

बुलेटिन संवाददाता
१ फाल्गुन २०७४, मंगलवार १६:३५

१ फागुन , बुटवल । बुटवल संगम पथ स्थित युनाईटेड प्लास्टिक ईन्डष्टृज प्रालिको शुभ गौतम ईन्टरप्राईजेजमा भिषण आगलागी भएको छ । आगलागिमा करोडौंको सामान जलेर नस्ट भएको छ भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

बुटवल उपमहानगरको एकमात्र बारुणयन्त्रले आगो नियन्त्रणमा लिन नसकेपछि त्यो क्षेत्र आतंकित बनेको छ । “दमकलमा पानी सकियो तर आगो नियन्त्रणमा आएन” घटना स्थलबाट बुलेटिन कर्मी दिनेश कुमार श्रेष्ठले भने “आगो नियन्त्रणका लागी भैरहवाबाट दमकल झिकाइएको छ ।”

नेपाल प्रहरी, जनपथ र सर्बसाधारणले अहिले आगो नियन्त्रणको प्रयास जारि राखेका छन ।

घटनाको थप बिबरण आउन बाकि छ ।