राजधानी रुपन्देहीमा तोकेको खुशीयालीमा राजनितिक दलहरुले बुटवलमा दिप प्रज्वलन  ( भिडियो सहित )

बुलेटिन संवाददाता
३ माघ २०७४, बुधबार १४:१८

३ माघ, बुटवल । सरकारले अस्थायी राजधानी रुपन्देहीमा तोकेको खुशीयालीमा विभिन्न राजनितिक दलहरुले बुटवलमा दिप प्रज्वलन गरेका छन् ।

नेपाली कांग्रेस नेकपा एमाले नेपाल पत्रकार रुपन्देहि लगायत अन्य व्यसायी संघ संस्थाहरुले पनि दिपप्रज्वलन गर्दै शुखीयाली मनाएका हुन् ।नेपाली कांग्रेसले बुटवलको मिडियाचोकमा दिप प्रज्वलन गरि कांग्रेसनेतृत्वको सरकारले रुपन्देही लाई नै अस्थायी राजधानी तोकेर लुम्बिनी अञ्चलका जनताको भावना बुझेको जनाएको छ ।

कांग्रेसका क्षेत्रीय सभापती हरि लम्शाललेविगतमा आफुहरुले राजधानीका लागि रुपन्देही उपयुक्त भएको भन्दै जनदवाव श्र्रजनागरेको भन्दै खुशीयालीमा सहभागि हुन आग्रह गर्नु भयो । नेपाली कांग्रेसकाबुटवल उपमहानगर सभापती खेलराज पाण्डेले कांग्रेसले जे वोल्छ त्यो पुरागरेको भन्दै बुटवललाई स्थायी राजधानी बनाउनकै लागि आफ्हरु क्रियाशिल रहनेबताउनु भयो ।


यस्तै नेकपा एमालले पनि खुशीयाली सहित दिपप्रज्वलन गरेको छ । कांग्रेसनेतृत्वको सरकारले रुपन्देहीलाई नै प्रदेशको राजधानी तोकेकोमा खुशीयालीव्यक्त गर्दै दिप प्रज्वलन गरिएको एमाले प्रचार संयोजक तेजेन्द्र केसीले बताउनुभयो । उता दाङमा भने प्रदेश राजधानी रुपन्देहीमा बनाईएको भन्दै अन्दोलनशुरु भएको छ ।

भिडियो पनि हेर्नुहोस ।