‘स्वाथ्य बच्चा प्रतियोगीतामा’ कल्याण ओझा प्रथम

बुलेटिन संवाददाता
२७ भाद्र २०७६, शुक्रबार १७:५४

२७ भदौ, बुटवल । विश्व वाल दिवसको अवसरमा पारेर लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवी र नेपाल परिवार नियोजना संघ बुटवलको संयुक्त आयोजनामा भएको स्वाथ्य बच्चा प्रतियोगीता सम्पन्न भएको छ ।

४० जना बच्चाहरुको सहभागीता रहेको प्रतियोगीतामा प्रथम कल्याण ओझा भएका छन् । यस्तै द्धितियमा नित्य लाकौल, तृतियमा शिवांस हमाल र सान्तव्ना स्थानमा इमानी जोशी, आरोन पोखरेल र दिप्सन पौडेल भएका छन् ।

लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवीका अध्यक्ष भाग्यलक्ष्मी शाक्य र परिवार नियोजनबाट उप सभापती प्रतिप शाक्य को अध्यक्षता रहेको कार्यक्रममा लायन्स क्लव मल्टीपल काउन्सील चियर पर्सन पिएम जे एफ शुनिल ओझा को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सरस्वती अमात्य, कोचिफ एडभाईजर सुनिता बजिय र सुरेश रत्न ब्रजाचार्य लगायतको आतिथ्यता रहेको थियो ।

लक्ष्मी थैव प्रधानांङको कार्यक्रम संयोजक संयोजकत्व रहेको कार्यक्रमको सञ्चालक सचिव शरोज श्रेष्ठले गरेका थिए । प्रतियोगीतमा उत्कृष्ठ स्थान प्राप्त गरेका बच्चाहरुलाई बेवि केयर, साईकल, कुर्चि लगायत विभिन्न पोशणजन्य सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ बुटवलका व्यवस्थापक मोहन बस्याल ले गरेका थिए । स्वथ्य बच्चा प्रतियोगीताको प्रमुख निर्णयकमा बरिष्ठ बाल रोग विशेज्ञ डा. विनोद पराजुलीले भुमिका निर्वाह गरेका थिए ।