पहिरो गएपछि पासाङ ल्हमु राजमार्ग अवरुद्ध

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १३:०६

२६ भदौ, रसुवा । रसुवाको कालिका गाउँपालिका १ राम्चेभीरमा पहिरो गएपछि पासाङ ल्हमु राजमार्ग अवरुद्ध भएको छ ।

बर्षाको कारण गएराति राम्चेभीर नजिकैको पासाङ ल्हमु राजमार्गमा पहिरो गएर सडक नै भत्किएको हो ।

भत्किएको सडकबाट जोखिम मोलेर यात्रुहरु गन्तव्यमा जान बाध्य भएका छन् । यातायातका साधन सञ्चालन नहुँदा यात्रुहरु प्रमाचित भएका छन् ।

यसैबीच, राजमार्ग भत्किएपछि नेपाल-चीन आयात निर्यात थप्प भएको छ ।