बुद्ध टेलिभिजनकाे अध्यक्षमा ओम ज्ञवाली, सर्वसहमत नयाँ नेतृत्व चयन

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १०:०५

२६ भदौ, बुटवल । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनकाे चाैथाे अधिबेशनले निर्बिराेध नया नेतृत्व चयन गरेकाे छ ।

अधिबेशनकाे निर्बाचन प्रकृया जारी रहदै गर्दा बर्तमान उपाध्यक्ष रहेका ओम ज्ञवालीकाे अध्यक्षतामा सर्बसम्मत नया समिति चयन भएकाे हाे ।

समितिकाे उपाध्यक्षमा गाेपाल ज्ञवाली, सचिबमा तिर्थ प‌गेनी, काेषाध्यक्षमा कृष्ण भण्डारी, सहसचिबमा जेबि गुरुङ चयन भएकाे निर्बाचन समितिले जनाएकाे छ । त्यस्तैगरि सदस्यहरुमा अरुण कुमार श्रेष्ठ, रणबहादुर खनाल, राम बहादुर थापा, दुर्गा नेपाल, नमनारायण बेल्बासे, डाेलराज बस्याल र बिष्णु गौतम रहेकाे प्रमुख निर्बाचन अधिकृत प्रा.डा बुद्धबहादुर थापाले बताए ।

टेलिभिजनकाे अधिबेशन भदाै २७ गते हुदैछ । तर अधि नै एकल उम्मेदवारी परेपछि नया नेतृत्व  चयन गरिएकाे निर्बाचन अधिकृत यमलाल भुसालले बताए ।

बुद्ध टेलिभिजन अहिले केबुल नेटवर्क, डन, सिम, क्लियर टिभि नेटर्वक मार्फत देशभर २४ घण्टा नै प्रशारणमा रहेको छ । १२ वर्षमा टेलिभिजन प्रवेश गर्दा समाचार , मनोरञ्जन, जनचेतना, शिक्षा, स्वास्थ्य र विभिन्न भाषामा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ  ।