नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १७:२९

२५ भदौ, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो ।

पार्टी एकताका बाँकी काम अगाडि बढाउन र समसामयीक विषयमा छलफल गर्नका लागि बैठक बसेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

‘पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा नै बैठक केन्द्रित हुने र ‘पार्टीले देशभर सञ्चालन गर्ने भनेको अभियानका विषयमा पनि छलफल हुने स्रोतले बतायो ।