लामखुट्टे मार्न नसक्ने सरकारले रेल र पानीजहाजको कुरा गर्न सुहाउँछ र ?

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १३:५०

२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले दुईतिहाइको सरकारले लामखुट्टे समेत मार्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सांसद सुजाता परियारले डेंगुको संक्रमण फैलाउने लामखुट्टे मार्न नसक्ने सरकारबाट जनताले आश मारेको टिप्पणी गरेकी हुन् ।

‘मन्त्रीलाई राम्रो अस्पतालमा उपचार भएपनि सर्वसाधारणको उपचार गर्ने उपकरण नहुँदा अस्पतालमा उपचार हुन सकेको छैन, यसप्रति सरकार गम्भीर भएको देखिएको छैन,’ उनले भनिन्, ‘लामखुट्टे मार्न नसक्ने यो दुईतिहाइको सरकारले रेल र पानीजहाजको कुरा गर्न सुहाउँछ ?’