खुकुरी सहित एक व्यक्ति पक्राउ

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १३:११

२५ भदौ, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा न. २ स्थित भानुचोकमा खुकुरी सहित एक व्यक्ति पक्राउ परेका छन् ।

सर्टको बाउलामा खुकुरी लुकाएर हिँडिरहेको अवस्थामा धरान ८ का २४ बर्षीय बुद्ध प्रधान पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।

शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनको शरिर चेकजाँच गर्दा बायाँ सर्टको बाउलाले छोपी (लुकाई छिपाई) राखेको अवस्थामा एक थान खुकुरी फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी कुनै अपराधिक कृयाकलापमा संलग्न हुन सक्ने आशंकामा पक्राउ गरी अनुसन्धान कार्य भै रहेको प्रहरीले जनाएको छ ।