सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको छ : सञ्चारमन्त्री बास्कोटा

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १३:०६

२५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् ।

मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको जानकारी दिए ।

ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरमले बुधबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको उल्लेख गरे ।

मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा सरकारले आवश्यक पहल गरिरहेको बताए ।

मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको उल्लेख गरे ।