नगरपालिकाका इञ्जिनीयर बलात्कारको आरोपमा पक्राउ

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार ११:३३

२५ भदौ, बैतडी । प्रहरीले बलात्कारको आरोपमा एकजना इन्जिनियरलाई पक्राउ गरेको छ । मंगलबार साँझ मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘अनुसन्धानका लागि पक्राउ गरेका हौं ।’

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने चन्दको भनाइ छ । किशोरी सब–इञ्जिनीयर पढ्दै थिइन् ।