एसिसी यु-१९ एसियाकप : युएईविरुद्ध नेपालको फराकिलो जित, १६० रनले हार्‍यो यूएई

बुलेटिन संवाददाता
२४ भाद्र २०७६, मंगलवार १७:१५

२४ भदौ, काठमाडौं । एसिसी यु-१९ एसिया-१९ एसियाकप अन्तरग समूह ‘बि’ को अन्तिम खेलमा नेपाल फराकिलो अन्तरले विजयी भएको छ । मंगलबार भएको खेलमा युएइलाई १६० रनले पराजित गर्दै नेपालले प्रतियोतिमा सान्त्वना जित हाशिल गरेको छ ।

२८६ रनको लक्ष्य पच्छाएको युएइ ३४.४ ओभरमा १२५ रनमा समेटिएको थियो । युएइका भ्रित्य अरविन्दले सर्वाधिक २८ रनको पारी खेले । त्यस्तै अलिसन सराफुले २१,आसामा हसनले १६ तथा सैयद हैदरले १५ बनाए ।

युएइलाई सस्तैमा समेट्ने क्रममा सागर ढकाले ३, पवन सर्राफ,सूर्य तामाङ र राशिद खानले समान २-२ विकेट लिए ।

यसअघि कोलोम्बोस्थित मर्कन्टाइल क्रिकेट एसोसिएसन ग्राउण्डमा टस हारेर पहिले व्याटिङ गरेका नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेल ६७ रनको अर्धशतकीय पारी खेले । सन्दीप जोराले ४८,आशिफ शेखले ४५ तथा राशिद खान र कमल सिंह ऐरी क्रमश ४४ र ४१ रन बनाए ।

युएइका आकाश तहिर र सञ्चित शर्माले समान ३-३ विकेट लिए ।